चितवनको भरतपुर—१२, आस्थाचोकमा पूर्व पश्चिम राजमार्गसँग जोडिएको “चित्रवन नेचर क्योर हस्पिटल प्रा.लि.” वैकल्पिक चिकित्सा विज्ञानको अंगहरु योग थेरापरी, अंकुपञ्चर, अकुप्रेशर, फिजियोथेरापी तथा प्राकृतिक चिकित्साको माध्यमबाट विभिन्न रोगहरुको सर्वसलभ प्रभावकारी र दिगो उपचारमा संलग्न छ ।
अनुभवी, विज्ञ तथा दक्ष चिकित्सकहरुको संलग्नतामा सञ्चालित यस हस्पिटलमा विशेषत— नसर्ने तथा जीवनशैलीसँग सम्बन्धित दीर्घ र जीर्ण रोगहरुको सफल उपचार गरिदै आइरहेको छ ।
“रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने यस पद्धतिको प्रमुख उद्देश्य हो ।”
प्राकृतिक चिकित्सा एवम् वैकल्पिक चिकित्सा अभिन्न अंगहरु योग थेरापी, अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापी, खानपान तथा प्राकुतिक चिकित्साको माध्यमबाट जीवनशैली र अस्वस्थकर खानपानले निम्त्याएका दीर्घकालिन रोगहरुको दीर्घकालिन र प्रभावकारी उपचार पद्धति हो ।